मेरो मन् जति नेवारी हो, त्यतिनै मैथलीपनि हो
मेरो मन् जति नेपाली हो, त्यतिनै अमेरिकनपनि हो
मेरो मन् मैले भोगेको दुख हो भने कमाएको सुखपनि हो
मेरो मन् मैले भेटेको सबै मानिसहरु हो, घरमा पालेको, बाटोमा भेटेको जनावरपनि हो
मेरो मन् जति ग्लोबल हो, त्यतिनै लोकल पनि हो
मेरो मन्, म जहां जान्छु त्यो सबै हो
म कुनै परिभाषामा सिमित हुन चाहन्न
म सबै हुं, तैपनि म सबै हुइन
मेरो मन् नेपाली मात्र होइन अरुपनि धेरै हो….